२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालस्थित बंगलादेशी दूतावास अगाडी प्रदर्शन


0
Shares

काठमाडौं, कात्तिक ३ । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि योजनावद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालस्थित बंगलादेशको दूतावासअगाडी प्रदर्शन भएको छ ।

हालै बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यक माथि आक्रमण भएको भन्दै त्यसको विरोधमा आज नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले प्रदर्शन गरेको हो ।

संघले बंगलादेशी राजदुत भेटेर ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष रवि प्रजापतिले कुनैपनि देशका जनताले आफ्नो धर्म मान्न पाउने अधिकार सरकारले सुरक्षित गरिदिनुपर्ने माग आफूहरुले राजदुतलाई राखेको बताउनुभयो ।

बंगलादेशमा अक्टोवर १३ देखि १५ को बिचमा भएको साम्प्रदायिक हिंसामा ८ जनाको मृत्यु तथा ६ सय बढी घर जलाइएको थियो ।