 
	    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट मारमा परेका किसानलाई सहायता कोष खडा गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन विशेष अनुरोध पनि गर्नुभएको छ ।
धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले बाढी–पहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न संघ–संस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्ताहरूमा विशेष आग्रह पनि गर्नुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्