आर्सनलको संघर्षपूर्ण बराबरी « Image Khabar


आर्सनलको संघर्षपूर्ण बराबरी



एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको छ ।

आर्सनलको मैदानमा गएराति भएको खेलमा इन्जुरी सयमको अन्तिम मिनेटमा अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

खेलको सुरुमै औबामायङ्गले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफमा क्रिश्चियन बेन्टेके र ओड्सोने इडुवार्डले एक एक गोल गर्दै प्यालेसलाई २–१ को अग्रतामा पु¥याए ।

हारको संघारमा पुगेको आर्सनलका लाकाजेट्ले टोलीको उद्दार गरेका हुन् । यो बराबरीसँगै ८ खेलबाट ११ अंक जोडेको आर्सनल तालिकाको १२ औं स्थानमा रहेको छ । १४ औ स्थानको क्रिष्टल प्यालेसको ८ अंक छ ।

लिगमा १९ अंकसहित चेल्सी शिर्ष स्थानमा रहँदा १८ अंक जोडेको लिभरपुल दोस्रो तथा १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेका छन् ।