१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


आइतबार बढेको सेयर बजारमा सोमबार पहिरो, तीन अर्बको कारोबार


0
Shares

काठमाडौं । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार पहिरो गएको छ ।

२६ सय ५६ विन्दुबाट कारोबार सुरु भएको सोमबार ६९ दशमलव ५ अंकले घटेर २५ सय ८७ विन्दुमा पुगेर थामिएको छ । आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ ।

आइतबार डेढ अर्बको मात्र कारोबार भएको सेयर बजारमा सोमबार करिब तीन अर्बको कारोबार भयो । २ सय १८ कम्पनीका ८७ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाखको कारोबार भएको छ ।

यस दिन व्यापार समूह १८ अंकले बढ्नुबाहेका अन्य उपसूचकहरू राताम्मे रहे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।

सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाउँदा सबैभन्दा बढी एनआईसी एसियाको ११ प्रतिशत डेभेन्चरमा लगानी गर्नेहरूले दुई प्रतिशतले कमाएका छन् ।