२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


सरकारीमा हाजिर, निजिमा ड्युटी


0
Shares

जनकपुरधाम, पुस २० । प्रादेशिक अस्पताल जनकपुरमा दैनिक ३ ४ सय बिरामी उपचारका लागि आउने गर्छन् तर त्यहाँ चिकित्सक नै हुदैनन् ।

उक्त अस्पतालमा चिकित्सकको दरबन्दी छ । छात्रवृत्ति करारमा चिकित्सक छन् । तर, समयमा नआएपछि सेवाग्राही चेकजाँच नै नगरी फर्किने गरेका छन् ।

प्रायः दिन ओपिडि कक्ष बिरामीले भरिभराउ हुन्छ तर एकाध चिकित्सकबाहेक अरुको अतोपतो हुदैन । गत बुधबार सवा ११ बजे ओपिडि कक्षमा १७ नम्बर केठा फिजिसियन चिकित्सक आएका थिएनन् ।

त्यसदिन चिकित्सक कुलदीप पण्डित, सिद्धिदात्री झा, रामेशवर महासेठ, महेश महासेठ, रामदेव चौधरीलगायतको ड्युटी थियो ।

बिहान ८ बजेदेखि टिकट काटेर लाइन लागेका बिरामी ११ बजेसम्म चिकित्सकको पर्खाइमा थिए ।

तर, समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजि क्लिनिक गएका थिए भने कति घर फर्केका थिए । यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।