
सर्लाही, पुस १९ । सर्लाहीको वाग्मती नगरपालिकाले जिल्लामै पहिलोपटक नगर शिक्षा ऐन सार्वजनिक गरेको छ ।
सामुदायिक विद्यालयमा शिक्षाको स्तर सुधार गर्ने उद्देश्यसहित नगरपालिकाले शनिबार एक कार्यक्रमकाबीच शिक्षा ऐन सार्वजनिक गरेको हो ।
नगरप्रमुख भरतकुमार थापाले स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार निर्माण गरिएको शिक्षा ऐन कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
२६ ओटा सामुदायिक विद्यालय रहेको सो नगरपालिकामा सात हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत् छन् ।
प्रतिक्रिया दिनुहोस्