५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


कमान्डरको अन्त्येष्टिमा हजारौं इराकी सहभागी


0
Shares

बग्दाद, पुस १९ । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् ।

इरानी सुरक्षाकर्मीका कमान्डर कासिम सोलेमानी र इराकी अर्धसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।

बग्दाद जिल्लामा रहेको शिया धर्मावलम्बीहरुको तीर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौं सहभागी भएका थिए ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारबाहीकाक्रममा उनीहरु मारिएको बिहीबार राति पुष्टि गरेको थियो ।

‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीकाक्रममा कासिमको मृत्यु भएको हो’–पेन्टानगनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो ।

मन्त्रालयकाअनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मारिएका हुन् ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् ।

इराकस्थित अमेरिकी दूतावासमा केही दिनपहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए । रासस/एएफपी