Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


मनकामना मन्दिरलाई तीन किलो सुनको अभाव


0
Shares

काठमाडौं, साउन १८ । छानामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ ।

गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

उनका अनुसार पुरातत्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो ।

सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । –कान्तिपुर दैनिकबाट