१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


इंग्लीश प्रिमियर लिग : शेफिल्डलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको छ ।

गएराति आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन सादियो माने र मोहमद सलाहाले एक एक गोल गरे ।

यो जितपछि २० खेलबाट ५८ अंक बनाएको लिभरपुलले तालिकाको शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ ।

पराजित टोली शेफिल्ड भने २९ अंक सहित तालिकाको आठौं स्थानमा छ । प्रिमियर लिगमा २१ खेलबाट ४५ अंक जोडेको लेष्टर सिटी दोस्रो स्थानमा रहँदा ४४ अंकको साथ म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ ।

चौथो स्थानको चेल्सीको ३६ तथा पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडको ३१ अंक रहेको छ ।