
एजेन्सी । विश्वकप फुटबल छनोटअन्तर्गत युरोपेली समूहको खेलमा इंग्ल्याण्डले एण्डोरालाई ५–० ले हराएको छ ।
गएरातिको फराकिलो जितसँगै इंग्ल्याण्ड कतारमा हुन लागेको विश्वकप नजिक पुगेको छ । ७ खेलबाट इंग्ल्याण्डको १९ अंक भएको छ । समूहको दोस्रो स्थानमा रहेको अल्बानियाको ७ खेलबाट १५ अंक छ ।
विश्वकप छनोटकै अर्को खेलमा गएराति डेनमार्कले माल्दोभालाई ४–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।
यसैगरी स्कटल्याण्डले इजराइललाई ३–२ ले हराउँदा स्विडेनले कोसोभोलाई ३–० ले तथा स्विटजरल्याण्डले नर्दन आयरल्याण्डलाई २–० ले पाखा लगायो ।
प्रतिक्रिया दिनुहोस्