गाउँकै उद्योगमा दूध खपत « Image Khabar


गाउँकै उद्योगमा दूध खपत


0
Shares

तेह्रथुम । गाउँमै खोलिएका छुर्पी उद्योगहरुमा दूध खपत हुन थालेपछि तेह्रथुमको पश्चिमी क्षेत्रका किसानलाई निकै सहज भएको छ ।

जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाको दूध गाउँकै छुर्पी उद्योगमा खपत हुन थालेपछी किसानलाई सहज भएको हो ।

गाउँमा उद्योग नहँदा यहाँका किसानले धरान, बिराटनगर लगायतका बजारमा दूध पठाउँदै आएका थिए । यहाँका किसानहरुले दैनिक ५ देखी ४० लिटर सम्म दूध विक्री गर्ने गरेका छन् ।