१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


गुटउपगुटले काँग्रेसको अस्तित्व नै संकटमा : कुलबहादुर गुरुङ


0
Shares

काठमाडौं, पुस १६ । वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदैंजानु दुःखपूर्ण भएको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसमा अवसरमा समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले सत्ताको  लुछाचुँडीले गर्दा काँग्रेस निरर्थक सावित भइसकेको दाबी गरे ।

अब सत्तालिप्सालाई त्यागेर सिद्धान्तलाई आत्मसाथ गर्दै काँग्रेस अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।

गुरुङले गुटउपगुटले काँग्रेसको अस्तित्वनै संकटमा पर्न सक्ने भएकाले राष्ट्रको अस्तित्वलाई जोगाउन र प्रतिपक्षको भूमिकालाई  सक्रियतापूर्वक निर्वाह गर्नु अहिलेको आवश्यकता रहेको बताए ।