ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध प्रदर्शन « Image Khabar


ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध प्रदर्शन


0
Shares

एजेन्सी । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको बिरोधमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । ब्राजिलको बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।

राष्ट्रपति बोल्सोनारोले कोरोना महामारी नियन्त्रणमा लापरवाही गरेका कारण ६ लाख भन्दा बढीको ज्यान गुमाउनु परेको भन्दै उनीहरुले राष्ट्रपतिको पदत्यागको माग गर्दै नारबाजी गरे ।

राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रका रक्षाका लागि जनता एकजुट भएको प्रदर्शनकारीहरुको भनाई छ । ब्राजिलको रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । यसैबीच राष्ट्रपति बिरुद्ध ब्राजिलको तल्लो सदनमा महाअभियोगको मुद्दा दायर भएका छन् ।