२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


उत्तर कोरियाली नेता किम भन्छन : सकारात्मक र आक्रामक कारवाही गर्नु


0
Shares

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका लागि सकारात्मक र आक्रामक कारवाही गर्नुपर्ने बताएका छन् ।

राजधानी प्योङयाङमा आफ्ना नेताहरुलाई सम्बोधन गर्दै किमले आक्रामक कारवाहीका बारेमा भने स्पष्ट रुपमा नखुलाएको कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिसाइल परीक्षण र आणविक नीतिका विषयमा अमेरिकासँगको सम्बन्ध चिसिँदै गएका बेला नेता किमको यस्तो अभिव्यक्ति आएको हो ।

हिजो मात्र अमेरिकाले उत्तर कोरियाले लामो दूरीमा मार हान्न सक्ने नयाँ मिसाइल परीक्षण गरेर आफूलाई निसाना बनाएको आरोप लगाएको समाचार सार्वजनिक भएको थियो ।

किमको भनाइ अघि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले उत्तर कोरियालाई जवाफ दिन अमेरिकासँग पर्याप्त श्रोत साधन रहेको बताएका थिए ।