
काठमाडौं । अमेरिकाले इराक र सिरियामा गरेको हमलामा १८ जनाको मृत्यु भएको छ ।
आफ्ना देशका एक ठेकेदार मारिएसँगै अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरुमाथि आक्रमण गरेको हो ।
तीन छुट्टाछुट्टै आक्रमणमा ५० भन्दा बढी घाइते भएको बताइएको छ ।
अमेरिकी सेनाले हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरुले हतियार भण्डारण गर्ने स्थानमा आक्रमणमा गरिएको बीबीसीले उल्लेख गरेको छ ।
हिज्बुल्लाहलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको छ ।
गत हप्ता किर्कुटमा भएको रकेट हमलामा परेर एक अमेरिकी निर्माण व्यवसायीको मृत्यु भएको थियो भने कयौं अमेरिकी र इराकी अधिकारीहरु घाइते भएका थिए ।
सिरियाको सीमा नजिकै रहेको इराकको पश्चिमी क्षेत्रमा रहेको अकाइम जिल्लामा आक्रमण गरिएको हो ।
इराकको समर्थन रहेको शिया मुस्लिमहरुको सैन्य समूह कताइब हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्