१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


पहिरोले पुष्पलाल लोकमार्ग अवरुद्ध


0
Shares

रुकुम, साउन १७ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत् पर्ने रुकुम पश्चिमको मुसिकोटदेखि चौरजहारीसम्मको यातायात सेवा अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै सडकखन्डका विभिन्न ठाउँमा पहिरो जाँदा दुई हप्तादेखि यातायात सेवा अवरुद्ध भएको छ ।

सडकखन्डमा झरेको पहिरोले मुसिकोट–चौरजहारी तथा चौरजहारी–मुसिकोटका लागि चल्ने नियमित यातायात रोकिएका हुन् ।

बाटो अवरुद्ध हुँदा यात्रीहरु मर्कामा परेका छन् । सदरमुकाम आउने र फर्कने यात्री पैदल हिँड्न बाध्य छन् ।

चौरजहारी नगरपालिका वडा नम्बर–८ को ढुंगेखानी र गोइरीज्यूला तथा सानोभेरी गाउँपालिकाका अधिकांश सडकखन्डमा पहिरो झर्दा यातायात चल्न नसकेको हो ।

मुसिकोटदेखि चौरजहारीसम्मको ४६ किलोमिटर सडकखन्डको धेरैजसो भू–भागमा पहिरो झर्दा बन्दै गरेको मध्यपहाडी लोकमार्ग सडकखन्डको कामसमेत प्रभावित बनेको छ ।