
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले विहान १० बजे बस्ने गरीे सर्वदलीय बैठक बोलाउनुभएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।
बैठकमा त्यसबाहेक संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।
नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पु¥याउँदै आएको छ ।
तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् । संसद्को गतिरोध खुलाउनकै लागि सभामुख अग्नीप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाउनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्