‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता « Image Khabar


‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता


0
Shares

काठमाडौं । विद्युतीय भुक्तानी प्रदायक ‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै दशैं र तिहारमा नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ । यो योजना असोज १० देखि २० कात्तिकसम्म जारी रहने आइएईपेले जनाएको छ ।

एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले ल्यापटप जित्न सक्नेछन् । साथै वान प्लसको फोन खरिदमा हाइफ्यूचर इयरबर्डस् सित्तैमा पाइनेछ ।