प्रदेश २ को मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता « Image Khabar


प्रदेश २ को मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता


Border circle
Imagekhabar

काठमाडौं । प्रदेश २ सरकारले ुमुख्यमन्त्री बे६ी पढाऊ, बेटी बचाऊु कार्यक्रमका लागि सार्वजिक खरिद ऐनविपरीत साइकल खरिद गरेको छ । गत चैतमा वीरगनजको ओम सत्यसाई प्रालिमार्फत खरिद गरिएका १७ हजार २६२ साइकलमा न उत्पादक कम्पन्नीको नाम छ, न मोडल र ब्रान्ड ।

खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय समितिले छानबिन गर्ने तयारी गरेको छ । प्रदेशका आठवटै जिल्लाका कक्षा आठमा अध्ययान गर्ने छात्रालाई वितरण गरी ४१ हजार दुई ६२ थान साइकल खरिदमा करिब २९ करोड खर्च गरेको छ । जसमध्ये ०७७ चैतमा ११ करोड १० लाख २९ हजार एक सय ८४ रुपैयाँमा खरिद गरेको १७ हजार दुई सय ६२ थान साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै उल्लेख छैन् ।

प्रतिसाइकल भ्याटसहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगनजको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको हो । काठमाडौंका साइनाे इन्टरनेशनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएकोमा कम रकम कबोल गरेको आधारमा ओम सत्यसाईले ठेक्का पाएको थियो । सार्वजनिक खरिद एनेअनुसार टेन्डर आह्वान गर्दा सम्बिन्धत निकायले आफूलाई चाहिने सामानका मापदण्ड तोकेर स्पेसिफिकेसन तयार गर्छ ।

त्यसैअनुसार इच्छुक सप्लायर्स कम्पन्नीहरुले उक्त सामानको उत्पादक कम्पन्नी, मोडल, ब्रान्ड मूल्यलगायत प्रस्ट खुलाएर आवेदन दिनुपर्छ ठेक्का पाउने सप्लायर्सले कम्पनी , मोडल, ब्रान्डलगायत सबै खुल्ने गरी स्पेसिफिकेसनअनुसार सामान उपलब्ध गराउनुपर्छ ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्