Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सवारी भाडा घटाउन र विद्यार्थीलाई छुट दिन माग गर्दै अनेरास्ववियूले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र


13
Shares

काठमाडौं, असोज १२ । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझएको हो ।

ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

त्यस्तै, दार्चुलाको मालघाटमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाको छानविन गर्न पनि माग गरेको छ ।