सर्लाहीमा सीमामा भारतले लगाएको बार अझै हटेन « Image Khabar


सर्लाहीमा सीमामा भारतले लगाएको बार अझै हटेन


0
Shares

सर्लाही । सरकारले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेपनि सर्लाहीका नाकाहरु पूर्णरुपमा सञ्चालनमा आएका छैनन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषदद्को बैठकले सबै नाका खुलाउने निर्णय गरेपनि भारतले आफ्नो तर्फको नाका नखुलाउँदा समस्या भएको हो ।

भारतले मुख्य सडकमै बार लगाएको छ । चाडबाड नजिकिँदै जाँदा नेपाल प्रवेश गर्नका लागि यात्रुहरुलाई समस्या भएको छ ।

मुख्य नाकाबाट आउन अफ्ठ्यारो भएपछि यात्रुहरु खेतबारीबाट नेपाल प्रवेश गरिरहेका छन् ।