प्रदीप आचार्य
बुटवल । लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको हो ।
पाल्पाका बिजय आर्चायले मोटरसाईकलको ट्रायल कटाउनुभयो । त्यस पछि यातायात ब्यवस्था ,सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलमा राजश्व बुझाउनुभयो । त्यस लगत्तै उँहाले स्मार्ट परिक्षणकालिन लाईसन्स प्राप्त गर्नुभयो ।
पहिले ट्रायल कटाएर राजश्व तिरेको वर्षाैंसम्म लाइसन्स सेवाग्राहीको हातमा पर्दैनथ्यो । यसले गर्दा यातायात ब्यवस्था कार्यालयले दिएको राजश्व तिरेको रसिद लिएर सेवाग्राहीले सवारी चलाउनु पर्ने बाध्यता थियो । रसिदमा रहेको फोटो र नाम केही दिनमा हराएर जाँदा चेकिङ्ग गर्ने ट्राफिक प्रहरी र सेवाग्राहीलाई समस्या पथ्र्याे ।
२०४९ सालमा आएको सवारी ऐनमा १ वर्षसम्म परिक्षणकालिन अनुमति दिनु पर्ने ब्यवस्था रहेको छ । प्रदेश सरकारले परिक्षणकालिन अनुमति पत्रको सुरुवात गरेपछि यो ऐन बल्ल लागु भएको हो । लुम्बिनी प्रदेश सरकारको श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले बुटवलबाट परिक्षणकालिन अनुमति पत्रको सुरुवात गरेको हो ।
अहिले अुनमति पत्र छाप्ने एउटा मेशिन राखेर कार्यालयले सेवा दिईरहेको छ । सवारी ट्रायल कटाएर र राजश्व तिरको दिन नै १ वर्षसम्म परिक्षणकालिन अवधि रहेको लाईसेन्स कार्यालयले सेवाग्राहीलाई दिने गरेको यातायात व्यवस्था विभाग अन्र्तगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख तेज नारायाण यादवले जानकारी दिनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले यातायात ब्यवस्था, सवारी चालक अनुमति पत्र कार्यालय रहेको दाङ्ग र नेपालगञ्जबाट पनि स्मार्ट परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरेको छ । सेवाग्राहीले पाउने समस्यालाई सामाधानको लागि परिक्षणकालिन लाईसेन्सको ब्यवस्था ल्याईएको जनाएको छ । सेवाग्राहीलाई थप सुविधा दिनको लागि प्रदेशको पहाडी जिल्लामा पनि कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्री फुर्मती ढेगाले जानकारी दिनुभएको छ ।
नेपालमा स्माट्र लाईसन्स वितरण सुरु भएपछि ट्रायल कटाएर राजश्व बुझाँएको वर्षाै हुँदासम्म सेवाग्राहीको हातमा नपर्ने समस्या थियो । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको परिक्षणकालिन सवारी अनुमति पत्रले सेवाग्राहीलाई लाईसन्स प्राप्तीमा सहज भएको छ ।(हेर्नुहोस् भिडियो)
प्रतिक्रिया दिनुहोस्