काठमाडौं, असोज १० । विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राख्दै माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । नेपाली टोलीको रक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् । नेपालले पहिलो खेलमा आउँदो शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसैबीच भारतले पनि टिमको घोषणा गरेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले साफका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । भारतले सुनिल क्षेत्रीको कप्तानीमा साफ खेल्ने टिमको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्