१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


लाइसेन्स परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चले रोकेको सरकारको स्पष्टिकरण


0
Shares

काठमाडौं, असोज १० । सरकारले उपभोक्ताको सहजताका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा आफ्नै सवारी प्रयोग गर्न पाउने निर्णयलाई सर्वोच्च अदालतले रोकेको स्पष्टिकरण दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रष्टयाउनु भएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले सवारी चालक अनूमति पत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई १ वर्षको परीक्षण कालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था राखिएको जानकारी गराउनुभयो ।

सचिव श्रेष्ठले अहिले चालक अनुमति पत्र दिन कुनै समस्या नरहेको पनि जानकारी दिनुभयो । प्रयोगात्मक परीक्षा पास गरेकै दिन सवारी चालक अनुमति पत्र दिन सकिने उहाँले बताउनुभयो ।