५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


एमाले बैठकमा समुहगत छलफलमा उठेका प्रश्नको नेतृत्वले जवाफ दिँदै, ७० वर्षे उमेर हद कायमै


0
Shares

काठमाडौं, असोज १० । नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताउनु भएको हो । शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

शनिबार समूहगत छलफल सकिएपछि आइतबार तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता पौडेलले केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा अध्यक्षले जवाफ दिने बताउनु भयो । प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो । तर सुझावका क्रममा नेताहरुले ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । हाल एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ ।

नेता पौडेलपछि महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनमा उठेका प्रश्नको जावाफ दिनुहुने छ भने अन्तिममा अध्यक्ष ओलीले राजनीतिकसहित समग्र प्रतिवेदनको जवाफ दिनुहुने छ ।