१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित


0
Shares

पोखरा, असोज १० । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुनु भएको छ ।

५ प्रतिस्पर्धीलाई हराउँदै उहाँ सभापति चुनिनु भएको हो । बिजुक्छेले ४१४ मत ल्याउँदा उहाँका निकटम प्रतिद्वन्दी गंगाधर पराजुलीले ३४६ मत पाउनु भएको हो ।

उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी चुनिनु भएको छ । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिव, संघर्ष कोइराला र सन्जय आलेले सहसचिवमा बाजी मार्नु भएको छ ।

पोखरा महानगरको निर्वाचनमा कुल १३ सय ४४ मत खसेको थियो । यसैगरी मादी गाउँपालिका यामप्रकाश गुरुङ, माछापुच्छ्रे गाउँपालिका वीरेन्द्र गुरुङ, अन्नपूर्ण गाउँपालिका मनपति भण्डारी पालिका सभापतिमा सर्वसम्मत चुनिएको छ ।