१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


ज्यानै जोखिममा राखेर बेनी–जोमसोम यात्रा


0
Shares

म्याग्दी । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक भएर यात्रा गर्ने यात्रु र सवारी साधनले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

हिमाल पारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि जोखिमको यात्रा गर्नुपरेको हो ।

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको स्थानीयको गुनासो छ ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसेकाले सडक अवरुद्ध हँदै आएको छ । पहिरो जाने क्रम नरोकिएकाले आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।