विश्व शान्तिको कामना गर्दै स्काउटको ‘सम्पदा साइकल यात्रा’ « Image Khabar


विश्व शान्तिको कामना गर्दै स्काउटको ‘सम्पदा साइकल यात्रा’


Border circle
Imagekhabar

काठमाडौं । विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ ।

अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरू बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो ।

युवाहरूसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धका साइकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले आफूहरूले नेपाल स्काउटलाई स्थापित संस्थाको रूपमा विकास गर्न सफल भएको दावीसमेत गर्नुभयो ।

काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा साइकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घर–घरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताउनुभयो ।

साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टी–सर्ट प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्