
काठमाडौं, पुस ११ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानको विषेश अदालतबाट दिएको मृत्यदण्डको सजाय बिरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् ।
पाकिस्तानको अदालतले गत डिसेम्बर १७ मा मुशर्रफलाई मृत्युदण्डको सजायँ सुनाएको थियो ।
अदालतको फैसला विरुद्ध मुशर्रफले ८६ पेज लामो निवेदन उच्च अदालतमा पेश गरेका हुन । उक्त निवेदनमाथि आगामी जनवरी ९ निवेदनमाथि सुनुवाइ हुने छ ।
अदालतमा प्रस्तुत गरिएको याचिकामा विशेष अदालतबाट भएको फैसलाले धार्मिक, सामाजिक र संवैधानिक दायरा नाघेको उल्लेख गरिएको छ ।
यता पाकिस्तानी सेनाले भने मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाप्रति आपत्ति जनाएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्