६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


ग्याङ्गस्टारलाई अदालत पेश गर्न लाग्दा अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु


0
Shares

एजेन्सी । भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको छ ।

गोली लागेर ग्याङ्गस्टार गोगीको मृत्यु भएको छ भने क्रस फायरिङ्गमा दुई आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीले वकिलको भेषमा आएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो ।

गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनको नेटवर्कमा ५० भन्दा बढी मानिसले काम गरिरहेको प्रहरीको भनाइ छ ।