२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


कजाकस्तानमा विमान दुर्घटना, १४ जनाको मृत्यु


0
Shares

एजेन्सी नुरसुल्तान,  पुस ११ । मध्य एशियाली मुलुक कजाकस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । उद्धार भइरहेको जनाइएको छ । मृत्यु हुनेमा ६ बालिकालिका पनि छन् ।

शुक्रबार बिहानै दुर्घटना भएको विमान दुई तले घरमा बजारिँदा टुक्राटुक्रा बनेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका छन् ।

विमानमा ९३ जना यात्रु रहेको बताइएको छ । बेक एयरको फ्लाइट नम्बर जेड ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको हो ।

अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९३ यात्रुका साथै पाँच चालक दलका सदस्य भएको अल्माटी विमानस्थलले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन ।