३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


कक्षा १२ को नतिजा सार्वजनिक


0
Shares

भक्तपुर, साउन १७ । गत २०७५ वैशााख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको हो ।

परीक्षा बोर्डका अध्यक्ष प्रा .डा चन्द्रमणि पौडेलका अनुसार नियमिततर्फ ३.६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् ।

यस्तै, २.०१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १.६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।

यस्तै १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शून्यदेखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।

यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ ।