Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का न्युयोर्कमा, असोज ११ गते सम्बोधन गर्ने


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो न्युयोर्क पुग्नुभएको छ ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायतका अधिकारीले स्वागत गरेको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्रीले यही असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कमा रहँदा उहाँले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनुहुनेछ ।

यसैगरि विभिन्न देशका समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसंद्धका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने बुझिएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी सहभागि हुनुहुन्छ ।