काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएक छन् ।
इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा बिहीबार राति कार अनियन्त्रित भई सडकबाट तल नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।
ग.२ च ४९१८ नम्बरको कार राति साढे १२ बजेतिर अनियन्त्रित भई नदीमा खस्दा चालक सहित तीनजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी भने घाइते हुनुभएकाे छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्