
काठमाडौं, पुस ११ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दलभित्रको मतदानमा आफूले जीत हासिल गरेको दावी गरेका छन् ।
पार्टीका एक लाख १६ हजार मतदान गर्न योग्य मतदातामध्ये ४१ प्रतिशतले गरेको मतदानमा आफूले जीत हासिल गरेको नेतान्याहूले बताए ।
सत्तारुढ दलभित्रको निर्वाचनलाई कठिनाइ भइरहेका बेला उक्त मतदानलाई परीक्षणका रुपमा हेरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
नेतान्याहूलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । नेतान्याहू पछिल्लो एक वर्षभित्र तीन वटा राष्ट्रिय निर्वाचनको सामना गर्ने प्रधानमन्त्री बनेका छन् ।
यसअघ अप्रिल र सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा लिकुड पार्टीले ब्लू एण्ड ह्वाइट पार्टीका तर्फबाट गतिरोध सामना गर्नुपरेको थियो ।
दुवै दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन सकेनन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्