
काठमाण्डौं, पुस ११ । इराकका राष्ट्रपति बारहम सहिलले इरान समर्थित संसदीय समूहको प्रधानमन्त्रीका लागि मनोनयन गर्न इन्कार गरेका छन् ।
उनले आन्दोलनकारीबाट अस्विकृत हुने व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा ल्याउन नहुने स्पष्ट पारेका छन् ।
इराकको संसदले बसराका गर्भनर असाद अल इदानीलाई नयाँ प्रधानमन्त्रीका लागि मनोनित गरेको थियो ।
तर सिफरिस गर्ने समूहका नेता सहलीले अल इदानी नियुक्ति गर्दा आन्दोलनकारीहरु कुनै दलसँग आवद्ध नभकाले प्रधानमन्त्री चयनमा विरोध गर्न नहुने बताएका छन् ।
इराकको संविधान अनुसार संसदको सबैभन्दा ठूलो समूहले प्रधानमन्त्रीका लागि सिफारिस गरेका व्यक्तिलाई राष्ट्रपतिले मनोनयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
नयाँ प्रधानमन्त्री चयन गर्न नसक्दा गत वर्षको निर्वाचनपछिका दुईवटा प्रयास असफल भएका थिए ।
यसैबीच प्रधानमन्त्री चयनमा ढिलाइ भएको भन्दै इराकमा आन्दोलन थप चर्किएको छ ।
प्रदर्शनकारीहरुले नासिरिया, बस्रा र दिवानीय सहरका सडक तथा पुलहरुमा यातायात अवरुद्ध पारेका छन् ।
सन् २००३ मा सद्दाम हुसेनलाई पदच्युत गरेपछि कमजोर बनजेको कुर्दिस समूहले भ्रष्टाचार, बेथिति र अस्थिरताको फाइदा लिन थालेको बताइएको छ ।
प्रधानमन्त्री चयनमा देखिएको अनिश्चितताले कुर्दिसहरुलाई शक्ति आर्जन गर्न सहज बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इराकमा नयाँ प्रधानमन्त्री चयनमा हुने ढिलाइले सिया समुदाय र अमेरिकाविरोधी जनमत सिर्जना हुने विश्लेषकहरुले बताएका छन् ।
प्रधानमन्त्री मेहदीले केही हप्ता पहिले पदबाट राजीननामा दिने घोषणा गरेपछि नेताहरुबीच नेतृत्वको आकांक्षा लिएर अमेरिका, इरान, लेबनानी हिजबुल्लाह समूहलगायतका शक्ति केन्द्रको विश्वास जित्ने नेताहरुबीच होडबाजी चलेको बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्