६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नेपाल ‘एक चीन नीति’को पक्षमा सदैव उभिने : राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनु भएको छ ।

राष्ट्रपति भवन शितल निवाशमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताउनु भएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन बीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताउनुभयो ।

उहाँले भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका उल्लेख गर्दे हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताउनुभयो ।