७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


बिउमै ठगिएपछि सर्लाहीमा धान फलेन, किसान चिन्तित


0
Shares

सर्लाही । सर्लाहीमा धानको बालामा भूस मात्रै देखिएपछि किसानहरु चिन्तित भएका छन् । धानको बालाहरु गुदीविहिन देखिएपछि किसान चिन्तित भएका हुन् ।

इश्वरपुर, श्रीनगरलगायत आसपासका किसानले लागाएको धानमा यस्तो समस्या आएको हो । स्थानीय बिक्रेताबाट किनेको बिऊ रोपेको धानमा यस्तो समस्या आएको राज कुमार महत्तोले बताएका छन् ।

स्थानीय बिक्रेताले राम्रो जातको बिऊ भनेर आफूहरुलाई झुक्याएको उनीहरुको गुनासो छ । कृषिबिज्ञको सल्लाह अनुसार नै मलखाद हालेको भएपनि धानमा गेडा नलागेको किसानहरुले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुश्वाहाले भने हावापानी अनुकुल विऊ नहुँदा धान नफलेको तर्क गरेका छन् ।