१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


रोल्पामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु


0
Shares

रोल्पा, साउन १७ । गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा१त १५०७ नम्बरको ट्याक्टर माडी–१ धारावाङमा गएराति ८ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो ।

दुर्घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी शव निकालेको थियो ।

मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।

सडकबाट पाँच सय मिटर तल खसेको ट्याक्टरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने औंल्याइएको छ । (रासस)