श्रीमानको मृत्यु भएको १५ दिनमा श्रीमतीको हत्या,भाञ्जा र सौताका भाइले टुक्रा–टुक्रा बनाएर खोलामा फालेको प्रहरीको भनाइ « Image Khabar


श्रीमानको मृत्यु भएको १५ दिनमा श्रीमतीको हत्या,भाञ्जा र सौताका भाइले टुक्रा–टुक्रा बनाएर खोलामा फालेको प्रहरीको भनाइ


Border circle
Imagekhabar

काठमाडौं । पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली चेलीको क्रूरतापूर्वक हत्या भएको छ । भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह गएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धोन्नी टुडुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । 

झापा गाउँपालिका–१ मा रहेको माइतीमा आउने क्रममा बाटोमै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । २४ भदौ राति करिब ११ बजेतिर माइत आउने क्रममा उनलाई आफन्तले नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका श्रीमान्को १५ दिनअघि मात्र मृत्यु भएको थियो । घरमा उनकी सौता पनि थिइन् । उनीबाट सन्तान नभएपछि श्रीमान्ले कान्छी श्रीमती ल्याएका थिए । अहिले पनि उनका सन्तान छैनन् । उनीहरूबीच विगतदेखि नै पारिवारिक द्वन्द्व थियो । श्रीमान्को मृत्युपछि भने उनलाई सौता र उनका आफन्तबाट निरन्तर दबाब दिइँदै आएको प्रहरीले जनाएको छ । 

श्रीमान्को किरिया सकिएको भोलिपल्टै माइत आएकी उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । प्रहरीले २५ भदौमा झापा–१ स्थित सानो माई खोलामा धोन्नीको कम्मरमुनि र घुँडामाथिको भाग मात्र फेला पारेको थियो । उनको आन्द्रा खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘टुडुलाई हत्या गरेर टुक्रा–टुक्रा पारी खोलामा फालिएको अवस्थामा भेटिएको थियो,’ उनले भने, ‘घुँडामाथि र कम्मरमुनिको भाग भेटियो । बाँकीचाहिँ अझै भेटिएको छैन ।’

उनको शरीरको अन्य भाग भने अझै नभेटिएको उनले बताए । घटना भएको स्थान नेपाल–भारत सीमादेखि करिब ३५ मिटर उत्तर मात्र हो । ‘हत्या करिब तीन सय मिटरमाथि भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले भने, ‘शरीरको अंगचाहिँ सीमादेखि ३५ मिटरमाथि मात्र भेटियो ।’ नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्