Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


अमेरिकाले भन्यो, ‘एमसीसी नचाहिए नलिनु’


0
Shares

काठमाडौं, पुस १० । अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ ।

एमसीसीका विषयमा सतारुढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ ।

नेपालमा विकास गरी गरीबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रुपमा स्वीकार गरिसकेको छ । तर सत्तारुढ दलकै प्रभावशाली नेताहरुले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन् ।

यही कारण नेपाल र अमेरिकाको सम्बन्ध चिसिन पुगेको अधिकारीहरुको बुझाई छ । सत्तारुढ दलका कतिपय नेताले नेपाली कानुनभन्दा एमसीसी किन ठूलो भन्ने प्रश्न उठाइरहेका छन् ।

संसदबाट पारित गराउनुपर्ने हो भने अधिकांश बुँदा संशोधन गर्नुपर्ने उनीहरुको माग छ । आजको अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ ।