१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


अर्घाखाँचीमा दुधको मूल्य वृद्धि


0
Shares

अर्घाखाँची, असोज ५ । अर्घाखाँचीमा दुधको मूल्य बठेको छ ।

गाई र भैसी दुवैको दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।

योसँगै भंैसीको दूध प्रतिलिटर ९० रुपैयाँ र गाईको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समृहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिनुभयो ।

सरोकारवासँगको समन्वय र किसानको जिल्ला भेलाको निर्णय बमोजिममा मंगलबारबाट लागु हुने गरि मूल्य बढाएको हो ।

यस अघि अर्घाखाँचीमा भैसीको दूध प्रतिलिटरमा ८० रुपैयाँ र गाईको दुध प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।