एजेन्सी । क्यानाडामा संसदीय निर्वाचन सम्पन्न भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले नियमित समय भन्दा २ वर्ष पहिल्यै गराउनु भएको आकस्मिक चुनावमा उनकै लिबरल पार्टीले भने विपक्षी कञ्जरभेटिभ पार्टीबाट कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ ।
२ करोड ७० मतदाता सहभागी भएको चुनावमा लाखौं भोट हुलाक र इमेलबाट समेत गरिएको छ । स्थानीय समय अनुसार मंगलबार रातीसम्ममा चुनावी नतिजा आउने अपेक्षा गरिएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा राम्रो गरेको विश्वाससहित थप बहुमतका लागि आह्वान गरिएको चुनावका क्रममा चौथो चरण्को महामारी चलेको बेला चुनाव गराएको भनेर प्रधानमन्त्री ट्रुडोको व्यापक आलोचना पनि भएको थियो ।
चुनावमा विपक्षीबाट कडा टक्करको सामना गर्नु परे पनि वयस्क मतदाताहरु राजनीतिक स्थिरताको पक्षमा देखिएकाले ४० बर्षिय ट्रुडोपुनः शक्तिमा फर्कने संभावना रहेको बताइएको छ ।
चुनाव प्रचारका क्रममा अनिवार्य खोपको विषय निकै चर्चामा रहेको थियो भने स्वास्थ्य क्षेत्रमा लगानी, बालबालिकाको हेरचाह र आवासको विषय चर्चामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्