Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


ओलीका प्यूसोहरुलाई हटाएर प्रदेश १ र वाग्मतीमा सरकार बनाउँछौं–माधव नेपाल


0
Shares

पोखरा, असोज ३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रदेश १ र बागमतीमा रहेका केपी ओलीका प्यूसोहरुलाई हटाएर नयाँ सरकार बनाइने बताउनुभएको छ ।

आइतबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’

संघीय सरकारमा पनि आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताउँदै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा भने शुरुदेखि नै आफूहरुलाई भेदभाव गरिएको भन्दै उहाँले आफ्नो पक्षलाई टिकटबाट समेत बञ्चित गरेकाले पीडितहरुको एकता भएको धारणा राख्नुभयो ।