५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


मिडिया मालिकसहित ५३ जना सम्पादक तथा पत्रकारलाई विभूषण तथा पदक (सूचीसहित)


0
Shares

काठमडौं । संविधान दिवसको अवसरमा प्रदान गर्ने पदक यस वर्ष पनि विभिन्न सञ्चारमाध्यम सञ्चालक र त्यहाँ कार्यरत ५३ जना सम्पादक तथा पत्रकारलाई दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने पाचँ प्रकारका विभुषण तथा पदक मिडया मालिकसहित सम्पादक तथा पत्रकारलाई दिइएको हो ।

सुकीर्तिमय राष्ट्रदीप पदक कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण पोष्ट दैनिकका क्याप्टेन रामेश्वर थापालाई दिइएको छ ।
त्यस्तै, नागरिक दैनिकका प्रबन्धक निर्देशक विनोदराज ज्ञवालीलाई सुप्रबल जनसेवाश्री दिइएको छ ।

त्यस्तै, पत्रकार तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा, इकागजका हरिबहादुर थापा र बाह्रखरीका प्रतीक प्रधानलाई दिइएको छ ।

पदक पाउने पत्रकारू र पत्रकारका मालिकहरुकाे सूचीसहित

१. सुकीर्तिमय राष्ट्रदीपः कैलाश सिरोहिया (कान्तिपुर), रामेश्वर थापा (अन्नपूर्ण पोस्ट दैनिक)


२. सुप्रबल जनसेवाश्रीः विनोदराज ज्ञवाली, नागरिक दैनिक, तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा नयाँ पत्रिका, हरिबहादुर थापा इकागज, प्रतीक प्रधान बाह्रखरी

३. कीर्तिमय राष्ट्रदीपः ओम शर्मा रातोपाटी, गुणराज लुइँटेल नागरिक दैनिक, महेश्वर दाहाल झिल्को.कम


४. प्रबल जनसेवाश्रीः बद्री सिग्देल प्रेस युनियन अध्यक्ष, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल‌, दिलभूषण पाठक, समा थापा, विश्वमणी पोखरेल, कविर राणा, रविन सायमी( कार्टुनिस्ट, रवि मिश्र( कार्टुनिस्ट, अनिता बिन्दु( टेलिभिजन प्रस्तोता, डा। बालकृष्ण चापागाईँ, माधव ढुंगाना,‌ प्रकृति अधिकारी, शालिग्राम सुवेदी र गोविन्द धिताल( नेपाल टेलिभिजन, डा. नवराज लम्साल, रीता सापकोटा,


४. जनसेवाश्रीः भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोशन सापोकटा( फोटोग्राफर रासस, विष्णु खड्का, रेखा भूषाल, वृजकुमार यादव, आकांक्षा शाह, नरेन्द्रकुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान , डम्बरबहादुर अधिकारी पत्रकार महासंको पूर्वअध्यक्ष तनहुँ, दीपेन्द्र श्रेष्ठ