![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/Sonu-Sood.jpg)
एजेन्सी । भारतको आयकर विभागले बलिउड अभिनेता सोनु सुदमाथि २० करोड रुपैयाँ करछलीको आरोप लगाएको छ ।
पछिल्लो तीन दिनदेखि सुदको घरमा छामा मारिरहेको विभागको टोलीले उनीमाथि २ करोड १० लाख चन्दा अवैध रुपबाट प्राप्त भएको आरोप लगाएको छ । सुदले च्यारिटी फाउन्डेसन र एक एनजीओ चलाइरहेका छन् ।
यस्तै विभागले ६५ करोडको अवैध लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग १ सय ७५ करोड रुपैयाँको सर्कुलर लेनदेनको आरोप लगाएको छ । विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरुग्रामसहितका सुदको कारोबार भएको २८ स्थानमा छापा मारेको छ ।
२०२० मा सुदले खोलेको एनजीओमा अहिलेसम्म १८ करोड ९४ लाख रुपैयाँ रकम चन्दा आएकोमा पनि आशंका व्यक्त गरेको छ । आएको चन्दाबाट एनजीओले १ करोड ९० लाख अलग–अलग राहतको कामम खर्च गरिएको छ । त्यसपछि बचेको १७ करोड अहिलेसम्म बैंक खातामा नै छ ।
विभागले विभिन्न २८ स्थानबाट १ करोड ८० लाख रुपैयाँ नगद र ११ वटा लकर बरामद गरेको छ । विभागको छापा अझै पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस्