Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


चार प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने


0
Shares

काठमाडौं । नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली सहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण उक्त स्थानहरुका पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने छ । साथै महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ६ मिनेटमा हुनेछ ।

Skip This