काठमाडौं । पाङखोलाकी निरमाया चेपाङ अहिले २८ वर्षकी भइन् । १४ वर्षको उमेरमा उनले माया प्रेम गरेर बिहे गरेकी थिइन् । बिहे गरेको १३ वर्षमा अहिले उनी सात सन्तानकी आमा बनेकी छन् ।
निमाया भन्छिन्, ‘५० सालमा जन्मेको हुँ । ६४ सालमा बिहे भयोु १६ वर्षमा ठूलो छोरी जन्मिइन् । ठूलो छोरी अहिले १२ वर्षकी भई,’ उनले भनिन् , अर्को चार वर्षकी भई । माहिली नौ वर्षकी, साहिली छोरी सात वर्षकी भई,’ उनले भनिन् अर्की चार वर्षकी भई । एउटी काखकी छोरी १० महिनाकी छ, ‘छोराको आशामा धेरै सन्तान जन्माएको हो रुु भन्ने प्रश्नमा उनले सकारात्मक जवाफ दिइन् । अरु बच्चा जन्माउने योजना रहे नरहेको भन्ने उनले केही बोल्न चाहिनन् ।
पहिलो छोरी अस्पतालमा जन्माएकी हुन् । भने बाँकी सबै घरमै जन्माएकी हुन् । ‘सुत्केरी हुँदा दुई, तीनवटा कुखुराको मासु खान पाइन्छ त्यसैले कमजोर त भइँदैन।,’ निरमाया भन्छिन्, ‘यता त यस्तै चलन हो । सबैका पाँच , सात जना छोराछोरी हुन्छन्’ सानै उमेरमा बिहे गर्ने, कम जन्मान्तरमा धेरै सन्तान जन्माउने गर्दा यहाँका महिलामा पाठेघर खस्ने लगायतका समस्या धेरै देखिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्