२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानी


0
Shares

धनकुटा । धनकुटाको छथरजोरपाटी स्थित चुलाचुलीमा स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानी पु¥याइएको छ । चुलाचुली र बाँधबिसौनाका एक सय ५ घर उपभोक्तामा खानेपानीको सुबिधा पुगेको हो ।

दुई किलोमिटर माथिको भूमिगत मुहानबाट पानी ल्याएर वितरण गरिएको हो । स्थानीय उपभोक्ताले १० लाख रुपैयाँको लागतमा वडा नम्वर दुईको दाहालडाँडाँमा मुहान खरिद गरी पानी ल्याइएको हो । यो गाउँमा दैनिक ३४ हजार लिटर पानीको माग रहेको छ ।

गाउँमा खानेपानी पु¥याउन यहाँका सय घर उपभोक्ताले तीन महिनासम्म श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष गिरिजाप्रसाद दाहालले बताउनुभयो । आयोजनाका लागि स्थानीय उपभोक्ता र ब्रिटिस गोर्खा वेलफेयर ट्रष्टको एक करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको बताईएको छ ।