६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


काँग्रेस महाधिवेशन: सर्लाहीमा पुरानै प्रतिस्पर्धी


39
Shares

प्रकाश मैनाली

सर्लाही । देशकै लोकतान्त्रिक पार्टी नेपाली कांँग्रेसको महाधिबेशन नजिकिएसँगै जिल्लामा समेत यसको चहल पहल सुरु भएको छ । सर्लाहीमा अहिलेसम्म क्रियासील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक रुपमा वडा भेला सुरु भएको छैन । औपचारिक रुपमा महाधिवेशन सुरु नभएपनि जिल्लामा चहल पहल भने सुरु भैसकेको छ ।

जिल्लामा अधिवेशन गर्न अहिलेसम्म पनि केन्द्रबाट निर्वाचन अधिकृत नआएकाले कतिपय स्थानमा सहमत्ति भएको बिषयले समेत औपचारिकता पाएको छैन । तर जिल्ला सभापतिको भने को हुने चर्चा परिचर्चा सुरु भएको छ । यस वर्ष पनि सर्लाहीमा पुरानै प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

गत १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका सभापती नागेन्द्र कुमार राय र रायसँगैं प्रतिस्पर्धमा उत्रनुभएका लक्ष्मन राय बिच पुन प्रतिस्पर्धा हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने नागेन्द्र र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिएका लक्ष्मनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस अघिको अधिवेशनमा नागेन्द्रले लक्ष्मनसँग १० मत अन्तरले विजय हाँसिल गर्नुभएको थियो । सभापतिमा दाबेदर दुवै लामो समयदेखि कांग्रेसमा सक्रिय भएर लागेका छन् ।

नागेन्द्र कुमार २०३५ साल बाट कांग्रेसको राजनीतिमा होमिनुभएको हो भने लक्ष्मनले २०३१ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएकाे हो ।नेविसंघमा आरआर क्यामपस जनकपुरबाट राजनीतिक यात्रा सुरु गर्नुभएकाे लक्ष्मनले २०४८ सालका कांग्रेसको सदस्यता लिनुभएको थियो । त्यसपछिको महाधिवेशनमा दुवैले महासमिति र महाधिवेशनमा जित हाँसिल गर्दै आएका थिए ।

लक्ष्मन पूर्व जिल्ला सभापतिसमेत हुनुहुन्छ । उहाँ सर्लाही क्षेत्र नम्बर ३ को सह—सचिव, क्षत्रीय सभापति हुँदै जिल्ला कोषाअध्यक्ष, उप सभापति, कार्यवाहक सभापति हुँदै सभापति बनिसक्नुभएको छ । लक्ष्मनले जनआनदोलन २०६२/६३ लाइ समेत आफनै नेतृत्वमा सफलतापूर्वक सम्पन्न गर्नुभएकाे थियो ।

नागेन्द्र एक पटक उपाध्यक्ष र तीन पटक साबिक पुल परासि गाबिसको अध्यक्ष भएर काम गरि सक्नुभएको छ । सर्लाहीमा पालै पालो २०५३ साल देखि राय द्वयकै सेरोफेरोमा सर्लाही कांग्रेस घुमिरहेको छ ।

नागेन्द्र कुमार राय २०५३, २०५७ र २०७२ गरी तीनपटक जिल्ला सभापति भइसक्नुभएको छ । लक्ष्मन एक पटक कार्यवाहक सभापति र एक पटक सभापति भैसक्नुभएको छ । दुई मध्ये महाधिवेशनमा कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ ।